जोर – बिजोर संचालन हुने निजी सवारी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने

२०७७, २९ जेष्ठ बिहीबार १८:४५

काठमाडौं । सरकारले गत चैत्र ११ बाट जारी गरेको लकाडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार राती अबेर सम्पन्न भएको मन्त्रिपरिषद बैठकले जोर – बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्बजनिक गर्दै निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने जानकारी दिए । यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ । यसरी सवारी चलाउँदा मास्क लगाउने लगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ ।

Comments

ताजा खबर