बाटोमा पानीको गहिराई नाप्दा ट्रकचालक बगे, खोजी प्रयास जारी

२०७७, २८ जेष्ठ बुधबार २२:०५

काठमाडौं । भक्तपुरको चुनदेवीमा सडकमा बगेको पानीले एलपी ट्रकका चालकलाई बगाएर बेपत्ता बनाएको छ । बुधबार दिउँसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पूरै जलमग्न भएको थियो ।

बेपत्ता ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालक सिन्धुली रानीचुरी घर भई हाल मकवानपुर हेटौंडा लामसुरे बस्ने बर्ष ५७ को नरबहादुर रावत भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बेपत्ता चालकको खोजी कार्य भैरहेको छ । अरनिको राजमार्ग अन्तर्गत ६ लेन सडक पाण्डुबजार चोक र सल्लाघारी चोकको बिचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा बगेको पानीले चालकलाई बगाएको हो ।

सो स्थानको सर्भिस ट्रयाकको बाटो पूरै जलमग्न भएको ठाउँमा सल्लाघारीबाट सूर्यविनायक तिर आउँदै गरेको एल पी ट्रकका चालक गाडीबाट झरेर बाटोमा पानीको गहिराई नाप्दै जाँदा पानीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु