लकडाउनकाे माेडािलिटी र सरलीकरणका विषयमा आज बस्ने मन्त्रिपरीषदले निणर्य गर्ने

२०७७, २८ जेष्ठ बुधबार १४:५८

काठमाडौं । लकडाउनकाे माेडािलिटी र सरलीकरण गर्ने विषयमा आज बस्ने मन्त्रिपरीषदले निणर्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएकाे छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिनुभयाे । भारतलगायतका देशबाट फर्काउन पर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने प्रधानमन्त्रीकाे भनाइ छ । वुधवार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनका  क्रममा साे कुरा जानकारी दिनुभएकाे हाे ।

कोभिड-१९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिने/नदिने र विद्यार्थीको पठन-पाठन सञ्चालन  परीक्षाको विषयमा पनि ठोस निर्णय हुने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयाे ।

लामाे समयकाे लकडाउनले घरमा थनि्कएका सर्वसाधारण लकडाउन खुकुलाे हुनेमा विश्वस्त छन् ।

Comments

ताजा खबर