कोरोना संक्रमण बाट थप २ को मृत्यु कुल १३ जना पुगे

२०७७, २४ जेष्ठ शनिबार १६:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रीफिङ्गका क्रममा उक्त जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने कुल संक्रमण ३२ सय नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Comments

ताजा खबर