स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २४ जेष्ठ शनिबार ०७:५६

दिपक गौतम, स्याङ्जा । स्याङ्जा जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको कुल संख्या २३ पुगेको छ । शनिबार थप भएका १० जना मध्ये वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकाका २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा स्याङ्जामा १० सहित थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमित कुल संख्या ७५ पुगेको हो । थप पुष्टि भएकाहरु कास्की, स्याङ्जा, बागलुङ र नवलपुरका रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विन्दु शर्मा द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

संक्रमण भएका सबैजनालाई संबन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

Comments

ताजा खबर