नारायणस्थान बगैंचा सरसफाइ

२०७७, २० जेष्ठ मंगलवार ०७:५८

पाल्पा । कोरोना संक्रमण रोकथामका लागी भएको लकडाउनको सदुपयोग गर्दै तानसेनका युवा सरसफाइमा जुटेका छन । तानसेनको ऐतिहासिक नारायणस्थान मन्दिर परिसरमा रहेको बगैंचा सरसफाइ गरेका हुन । यसको संयोजन युवा रेडक्रस सर्कलले गरेको थियो । सप्ताहव्यापी सरसफाई कार्यक्रम जेठ १३ बाट सुरू भएको थियो । बगैंचा क्षेत्रमा पूर्ण सरसफाई गरी जेठ २० गते सम्पन्न भएको छ । रोट्याक क्लब अफ पाल्पा तानसेन को सहकार्य, नारायण युवा क्लब, असन टोल विकास संस्थाको उपस्थिति रहेको थियो ।


युवाहरुको सामाजिक कार्यबाट उत्साहित हुँदै तानसेन नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरूण रेग्मीले अबका दिनमा नारायणस्थान क्षेत्रमा वडा कार्यालय र स्थानीयले संरक्षण गरी हरेक हप्ता सरसफाइ गरीने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागि युवा रेडक्रस सर्कलका अध्यक्ष सुबास गैरेले सहजीकरण गरेका थिए भने कार्यसमितिका सदस्यहरू सिर्जना पाण्डे, सचिन सिलवाल, विक्रम सिह, जविन मुनानकर्मी, वर्षा पाण्डे, सौगात कार्की, सृजना न्यौपाने, बिजय बस्याल, तिर्थराज लम्साल लगायतका सदस्यहरूको सहभागीता रहेको थियो । यस्तै रोट्याक क्लब अफ पाल्पा तानसेनका अध्यक्ष अमन काजी शाक्य, विनोद भारति, नारायण युवा क्लब का संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ, वर्तमान अध्यक्ष विनायक महर्जन लागायतका सदस्यहरूको सहभागीता रहेको थियो ।
सरसफाइ पछि नारायणस्थान बगैचाको सौर्न्दर्यता थपिएको छ । स्वच्छ प्राकृतिक बाटावरणमा घुम्नलायक भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु