5 यस्ता विशेषता जुन युवाहरूको रोजाइमा परेकोछ २०० सीसीको मोटरसाइकल

२०७७, २५ बैशाख बिहीबार १४:५७

बिहीबार  वैशाख २५, काठमाडौं।

अहिलेको समयमा पावरफुल र मस्कुलरमोटरसाइकलको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । युवा पुस्ताहरुजति सुकै खर्च गरेर भएपनि पावरफुल मोटरसाइकल किन्न तयार हुनेहरु अहिले धेरै देखिन्छन् ।

पावर मोटरसाइकलमा देखिएको यस्तो क्रेजका कारण अटोमोबाइल कम्पनीहरुले पनि पावरफुल र मस्कुलर मोटरसाइकलको उत्पादनमा जोड दिदै आएका छन् । जसमा २०० सीसी सेग्मेन्टको मोटरसाइकलमा सबैभन्दा बढी क्रेज रहेको छ ।

नेपालमा २०० सीसी क्षमताका मोटरसाइकल पर्फेक्ट मानिन्छन् । अहिले बजारमा  केटीएम ड्यूक २००, टीभीएस अपाचे आरटीआर २०० ४ भी, हिरो एक्स्ट्रीम २०० आर, बजाज पल्सार एनएस २०० ,लगायतका मोटरसाइकलहरु बढी प्रयोग हुने गरेका छन् ।

यी मोटरसाइकलको मेन्टिनेन्स शुल्क ३५० सीसी र ५००सीसीका मोटरसाइकलभन्दा निकै सस्तो रहेको छ । यी मोटरसाइकलको पार्टपूर्जा पनि धेरै महंगो छैन भने, माइलेज पनि राम्रो दिने गरेको पाइन्छ । २०० सीसीको मोटरसाइकल नेपाली बजारमा २ लाख ९० हजारदेखि ३ लाख ५० हजारको बीचमा पाउन सकिन्छ ।

यी कारण बढी रुचाइन्छ २०० सीसीका बाइक 

१. २०० सीसीका बाइक स्टाइलिस र आकर्षक शोरुपमा बजारमा ल्याइएका छन् । युवाहरुलाई लक्षित गरि ल्याइएका यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र डियुल टोन कलरमा उपलब्ध रहेको छ । मस्कुलर बडी र आर्कषक लुकका कारण पनि यी मोटरसाइकलको बढी माग हुने गरेको पाइन्छ ।

२.  सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रा रहेका छन् । चौडा टायर प्रयोग र एबीएस जस्ता फिचरले २०० सीसीका बाइक निकै चर्चित रहेका छन् ।

३.  यी बाइकमा दिइएको २०० सीसी क्षमताको इन्जिनले २४ बीएचसम्म पावर प्रदान गर्छन् भने सेग्मेन्ट पफरमेन्सका हिसाबले पनि निकै राम्रो मानिन्छन् ।

४.  लामो दुरीमा यात्रा गर्नेहरुकोे रोजाईमा यस्ता मोटरसाइकलहरु पर्ने गरेका छन् । यी मोटरसाइकल चलाउन निकै आरामदायी मानिन्छन् ।

५.२०० सीसी सेग्मेन्टको मोटरसाइकलले राम्रो माइलेज दिने हुँदा बजारमा यी यस्ता मोटरसाइकलको माग धेरै रहेको छ । यी मोटरसाइकलले ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन्छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु