बैसाख २३, काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए । उनका अनुसार लकडाउन मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्नेछ । यद्यपि लकडाउनको निरन्तरता दिने उनको भनाइ छ । उनले सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको पनि बताए । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । यो समाचार रातोपाटीडटकम बाट लिईएको हो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…