नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

जब मौलिकता बिर्सियौँ, आधुनिकताले ज्यान नै धरापमा देखियो

२०७७, २३ बैशाख मंगलवार ०९:०५

मित्रलाल सापकोटा ।

भनिन्छ नि ज्यान भन्दा ठूलो केहि होइन । तर यो मान्छे हो बिर्सिन्छ छिट्टै । हिजो मशानघाटमा जाँदाखेरि गरेका ती करुणाका कुरा, जीवन त के रैछर ? बिचरा फलानो त गयो मरेर यसरी खै आखिर त्यसले त क्यै लगेन है, हामी पनि आउने भोली यहिँ त हो नि भन्दै निकै भावुक हुँदै गरेका कुराहरुलाई घाटबाट घर नपुग्दै बिर्सियो । सत्कर्म गर्न पलाएको त्यो करुणाको भाव घाटबाट दैनिक कर्मको मैदानमा पुग्दा बिलायो । धर्म त अफिम हो, यो नशा हो, सँस्कार सँस्कृति भनेको मिथ्या हो, यो भ्रम हो पुराना कुराहरु सबै मास्नु पर्छ अनि मात्रै हामी सभ्य र बिकसित भइन्छ भन्नेहरुको आज बोलीमा भिन्नता आएको छ तथापि मनमा खिन्नता आएको छैन होला ।
कुनैपनि जीव विज्ञानको कुरालाई आजको बैज्ञानिक युगमा चाल्र्स डार्बिनको इभोलुसन थ्योरिबाट हेर्ने र बुझ्ने गरिन्छ । किन कि अहिले सिकाइएको नै त्यहि छ । विश्वास पनि यसैमा बसेको छ । आज यसो सोंच्नेहरु र पढेलेखेकाहरुको टेबल ठोकेर चाल्र्स डार्बिनको कुरा नै सत्य हो भन्ने र ताल परे कुस्ती नै खेल्न पछि नपर्नेको कमि छैन । यो कुनै नौलो कुरा पनि होइन किनपनि भने संसार त आधुनिक कुराको गुलाम छ । आफ्नो समाजले भनेका, आफ्ना पूर्खाहरुले अर्ती र उपदेशको रुपमा हस्तान्तरण गरेर गएका जीवनको गुह्य राज, जीवनको अस्तित्वको राज, समयानुसार र देशानुसार (भूगोलअनुसार ) को नीति अङ्ग्गिार गर्नु पर्ने भन्ने कुरालाई मिथ्या भन्ने गरेको अभ्यास भैसकेको छ ।

धर्म त अफिम हो, यो नशा हो, सँस्कार सँस्कृति भनेको मिथ्या हो, यो भ्रम हो पुराना कुराहरु सबै मास्नु पर्छ अनि मात्रै हामी सभ्य र बिकसित भइन्छ भन्नेहरुको आज बोलीमा भिन्नता आएको छ तथापि मनमा खिन्नता आएको छैन

हाम्रो समाज र हाम्रा वरीपरीका जीवजन्तु वनस्पतिहरु त त्यहाँको भूगोलिय वातावरण अनुसार ढालिएको हुन्छ । त्यस ठाउँको वातावरण अनुसार उसको स्वरुप र शारारिक बनोट बन्दछ । शरिरले आफ्नो रंग, रुप, पाचन शक्ति, सहन गर्न सक्ने शक्ति, रोगव्याथीबाट जुध्न सक्ने शक्ति सोही अनुसार बनाउँछ जुन चाहिँ उ रहेको ठाउँमा आवश्यक पर्दछ, अनि मात्रै त्यसको अस्तित्वको निरन्तरता रहन सक्छ अन्यथा उसको प्रजातिको यो संसारबाट लोप हुनै पर्दछ । शायद यहि कुरालाई शब्द र अक्षरको ढाँचामा हालेर ती वैज्ञानिकले पस्केको हुनुपर्छ । म विज्ञानको विद्यार्थी नभएता पनि मैले मेरो मौलिकताको, मेरा पूर्वजहरुले हामीलाई हस्तान्तरण गरेको ओठे उपदेशबाट सिकेको पनि यहि हो । त्यसैले हामी कहाँ एउटा उखान बनेको हुनुपर्छ कि ‘देश अनुसारको भेष र कपाल अनुसारको केश’ । शायद यो उखान ती चाल्र्स डार्बिन ले थ्योरी दिए भन्दा पछि आएको पक्कै होइन होला जस्तो लाग्छ । किन कि यिनको थ्योरिको कुरा मैले त पढ्न भ्याएन भने मेरा बाउबाजेले थाह पाएनन् होला भन्ने दावा ढुक्कसँग गर्न सकिन्छ ।

के हो त यो ‘देश अनुसारको भेष र कपाल अनुसारको केश’ । यसको पनि केहि चर्चा यहाँ गरिहालौं । यहाँ देश भनेर यो संसारको भूगोललाई नै भनिएको हो । राजनीतिशास्त्रले पनि देश भनेको निश्चित सीमाभित्रको (भूभाग) भूगोल नै हो भन्दछ । यदि त्यसो हो भने भेषले यहाँ के भन्न खोजेको त ? यसको अर्थ हो जीवनको स्वरुप, रुप, रंग, शारारिक बनौट जुन त्यस निश्चित सीमाभित्रको भूगोलका लागि उपयुक्त हुन्छ । यसबाट के स्पष्ट हुन्छ त भन्दा जस्तो देश भूगोल छ त्यस अनुसार नै जीवजन्तु र वनस्पतिहरुको भेष अर्थात बनोट रुपरंग हुन्छ । यो कुरा आजको विज्ञानले पनि प्रमाणित गरेको कुरा हो ।

मेरो मौलिकताको, मेरा पूर्वजहरुले हामीलाई हस्तान्तरण गरेको ओठे उपदेशबाट सिकेको पनि यहि हो । त्यसैले हामी कहाँ एउटा उखान बनेको हुनुपर्छ कि ‘देश अनुसारको भेष र कपाल अनुसारको केश’ । शायद यो उखान ती चाल्र्स डार्बिन ले थ्योरी दिए भन्दा पछि आएको पक्कै होइन होला जस्तो लाग्छ । किन कि यिनको थ्योरिको कुरा मैले त पढ्न भ्याएन भने मेरा बाउबाजेले थाह पाएनन् होला भन्ने दावा ढुक्कसँग गर्न सकिन्छ । 

अब कपाल भनेर के भन्न खोजिएको हो त भन्दा कपाल शरिरको एउटा यस्तो महत्वपूर्ण अंग हो जहाँबाट शरिरको नियन्त्रण हुन्छ अर्थात टाउको मस्तिष्क । यो भनेको कुनैपनि प्राणीको उसलाई परिचालित गर्ने केन्द्र हो । यो त ज्ञान, ध्यान, योग, रोग, भोक सबैको नियन्त्रण र सन्तुलनको केन्द्र हो । केश भनेको यस्तो वस्तु हो जुन कुनैपनि जीवको होस या वनस्पतिको कीट पतंगको वातावरण अनुसार त्यहाँ टिकी रहनका लागि आवश्यक पर्दछ । चौरी पाण्डा भालु देखि मानिस र वनस्पतिसम्मको बाहिरी पत्रमा दखिने विविधता नै केश हो कि । यसरी हाम्रा पूर्वजले उखानको रुपमा जोडेर हामीलाई छोडेर गएको संसारमा रहेका जीवको अर्थात जीव विज्ञानको शुत्र हो भन्न किन कन्जुस्याईँ गर्ने ?
हाम्रा रामायण र महाभारतमा विमानका कुरा प्रशस्तै उल्लेख भएका छन् तर यसलाई सधैं कथाको रुपमा मात्रै बुझियो । महाभारतमा धृतराष्ट्रका सारथिले युद्ध्भूमिको वर्णन प्रत्यक्ष गरेकोलाई पनि हामीले कथा नै बुझ्यौं यसमा कुनै विज्ञान देखेनौं तर यसलाई पश्चिमा वैज्ञानिक र अनुशन्धानकर्ताहरुले दूरदर्शन र विमानको सम्भावनामा खोजे जसलाई हामीले आज मजासँग प्रयोग गरेका छौं । लियो नार्दो दा भिन्ची नै विमान बनाउनका लागि शुत्र दिने शुत्रधार हुन उनैको म्यान क्यान फ्लाइ एन इस्टुमेन्ट भन्ने कुरालाई आधार बनाएर उनको जीवनको झण्डै चारसय बर्ष पछि विमान बनाउने खोज राइट दाजुभाइले गरे भनेर गर्वसाथ भन्ने र पढ्ने हामीहरुले हजारौं बर्ष पहिला यी कुरा हाम्रा पूर्वजहरु र हाम्रा ऋषिमुनिहरुले लेखेर गएका थिए भन्दा आफ्नो शिर झुक्ने भ्रममा कसरी र कसको कारण पर्यौ ?
चमेरोबाट आउने रोगबाट संसार ग्रस्त हुने कुरा रामचरित मानसमा उल्लेख छ । तर त्यो त कथा पो हो त भनेर बुझ्ने हामीहरु आज त्यहि चमेरोबाट निस्केको भनिने रोग कोरोनाबाट त्रसित भएर घरघरमा थन्किएका छौं । किन कि आज ज्यान प्यारो भएको छ । संसार कोठाभित्र पसेको छ । शहरबाट गाउँतिर हानिएका मान्छेहरुको लर्को थामिएको छैन । आज गाउँ नै बरु सुरक्षित छ भन्ने लागेको छ हरेकलाई । विकासको शिखरमा पुगेका देशहरु समेत यो आक्रान्तबाट त्राहीवाम भएका छन् । आजको त्यो शत्रअस्त्रको अम्बारले यो अदृष्य व्याधीलाई रोक्न सकेन । तिनीहरुका बमबारुद सबै बेकाम भए । प्रकृतिलाई जितेको अहंम गर्ने संसार आज बेचरा भएको छ । यसले अब संसारको सोंचलाइ परिवर्तन गर्ला भन्ने आशा मात्रै हो पक्कापक्की भने होइन । किन कि अहिले ज्यान नै धरापमा देखिएकोले मात्रै यस्तो आशा गर्ने ठाउँ भेटिएको मात्रै हो ।
आज यो रोगको ओखती त थाह छैन तर मान्छेहरु निको पनि भएका खबर छन् त्यो कसरी भयो त बीना ओखती ? प्रश्नको उत्तर आएको छैन । मान्छेको आफ्नो आन्तरिक शक्तिको कारण नै यो सम्भव भएको हो भनेर भन्ने बाहेक अरु कुनै उत्तर छैन । अब यो आन्तरिक शक्तिलाई कसरी बनाइराख्ने भन्नेबारेमा यो दुनियाँ पछि नफर्कि सुखै छैन । यसका लागि अब गाउँको महत्व र प्राकृतिक अर्गानिक उत्पादन नै मुख्य हो भन्नेमा बिस्तारै दुविधा हट्ने नै छ तर हामीहरुले कहिले र कसले भनिदिएर बल्ल बुझ्ने हो त्यो भने अहिले भन्न सकिने अवस्था छैन ।

आज गाउँ नै बरु सुरक्षित छ भन्ने लागेको छ हरेकलाई । विकासको शिखरमा पुगेका देशहरु समेत यो आक्रान्तबाट त्राहीवाम भएका छन् । आजको त्यो शत्रअस्त्रको अम्बारले यो अदृष्य व्याधीलाई रोक्न सकेन । तिनीहरुका बमबारुद सबै बेकाम भए । प्रकृतिलाई जितेको अहंम गर्ने संसार आज बेचरा भएको छ । यसले अब संसारको सोंचलाइ परिवर्तन गर्ला भन्ने आशा मात्रै हो

हाम्रा पूर्खाले भनेको ‘उत्तम खेती, मध्यम व्यापार र नीच नोकरी’ लाई पनि त हामीले गलत नै भन्यौं । किनकि अहिलेको विकासको अवधारणा र पश्चिमाले दिएको अर्ती नै उत्तम नोकरी अर्थात सेवा क्षेत्रको आय र व्यापारबाट हुने आयबाट नै देशको सम्पन्नताको कसी लाउने पद्धतिले गर्दा यसो भयो तर यो आज जब ज्यान नै जोखिममा पर्यो यो मिथ्या लाग्न थालेको छ । संसारमा सबैभन्दा भोका नांगाहरु अहिलेको यो बेलामा शहरमा देखिएका छन् । जहाँ हप्ता भरिलाई खानपुग्ने राशन छैन । काम पनि छैन । रोगको मार पनि त्यहिँ छ । यसले कसरी भन्न सकिन्छ कि गाउँ र खेती तेस्रो श्रेणीमा पर्छ भनेर ? हामीकहाँ त झन निर्वाहमूखी खेती गर्नेहरु, आफ्नो लागि आफै उत्पादन गर्नेहरु, पुरानो परम्परा अनुसार अनिकालमा बीउ जोगाउनेहरु नै मस्तसँगै खाइरहेका छन् आज । अब पनि हाम्रो परम्परा हाम्रो पद्धति गलत थियो भनेर पैंठाजोरी कसरी गर्ने ? अझैपनि हाम्रा पूर्वजहरुले बसालेको थिती गलत हो भनेर कसरी भन्ने ? हाम्रो आयुर्वेदलाई हेला गरेर, हाम्रा आफ्ना जो मौलिकता हुन त्यसको अनुसन्धान नगरेर अरुकै पछाडी कतिसम्म दौडी रहने ? यसको उत्तर अब खोज्ने बेला आएको छ । गाउँमैत्री अर्थतन्त्रको नीति बनाउनु पर्ने आवश्यकता खड्केको छ । हाम्रा खानपान, हाम्रो कृषि प्रणाली, हाम्रो बसाइ व्यवस्थापन, हाम्रो प्रकृतिपूजनको पद्धतिको महत्वलाई संरक्षण सम्बद्र्धन र प्रवर्धन गर्ने बाटो राज्यले खोज्ने र रोज्ने बेला अब पनि नआए कहिले आउने ? जब आधुनिकताले ज्यान नै धरापमा देखियो ।

(लेखक : सामाजिक अभियन्ता हुनुहुन्छ ) 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु