नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

स्थिति गत्यात्मक वर्णब्यवस्था ।

२०७७, २१ बैशाख आईतवार ०९:५८

शूद्रेण हि सपस्तावद् यावद् वेदे न जायते। (२.१७२)
भावार्थ: जबसम्म कुनै व्यक्तिको ब्रह्मजन्म अर्थात वेदाध्ययन रुपको जन्म हुन्न त्यतिखेर सम्म ती शूद्र समाननै हुन्छन्।
वर्ण ब्यवस्था र सामाजिक यथार्थता।।
वर्ण ब्यवस्थाको गजबको अन्तरनिर्भरता के हो भने, ब्राह्मण प्रतिष्ठित, क्षेत्री शक्तिशाली, वैश्य धनी र शुद्र शिल्पी Professionals रहनु हो। सामाजिक आवस्यकता पुरागर्न निर्माण गरिएको वर्णव्यवस्थाको सैधान्तिक पृष्ठभूमि बिभेदयुक्त, अन्यायपूर्ण छैन तर वर्तमानको सामाजिक साँस्कृतिक यथार्थपनि बिभेदरहित र न्यायपुर्ण पनि छैन। समस्या उजागर नभएको पनि हैन/छैन तर नित्य नविन प्रगतिवादनै जातिय विभेद, अन्य सामाजिक कुसंस्कार तथा कुरितिहरुको दीर्घकालीन समाधान हो।

समस्याको सहृदयी समाधान।।

सामाजिक अध्यायन तथा सामाजिक ज्ञान परम्परा समय तथा सन्दर्भ सापेक्ष हुन्छन्। हामी स्विकार गरौँ अथवा नगरौं नेपाली समाज विविधतायुक्त तथा स्तरिकृत छ। बैभेद्य नभएर विविधतायुक्त नेपाली समाजको स्तरिकरण निरपेक्ष नभएर सापेक्ष र अन्तरनिर्भरता युक्त छ।

समानतामा आधारित वर्णव्यवस्था आज बिभेदयुक्त र अन्यायपूर्ण रहेको सामाजिक यथार्थ हो। समाज संधै विवेकशील, जवाफदेही तथा दुरदर्शी नेतृत्वको मात्रै पहुँचमा थिएन

समन्वयात्मक सहृदयी समाजको द्वन्द्वात्मक भौतिकवादी दर्शन बाट कस्तो अध्यायन होला? के निष्कर्ष निस्केला?स्थिति गत्यात्मक संसारमा वर्ण ब्यवस्था पनि गतिशील छ। समानतामा आधारित वर्णव्यवस्था आज बिभेदयुक्त र अन्यायपूर्ण रहेको सामाजिक यथार्थ हो। समाज संधै विवेकशील, जवाफदेही तथा दुरदर्शी नेतृत्वको मात्रै पहुँचमा थिएन। राजनैतिक तथा प्रशासनिक व्यवस्था पनि आजको जस्तो औपचारिकता युक्त थिएन। मानिसको नाम सरह थर स्थायी थिएन। पहिलो नाम सरह व्यक्ति पिच्छे थर प्रयोग त हुंदैनथियो तर व्यक्ति ले चाहेको बखत आफ्नो थर सामान्य प्रक्रिया पुर्याएर बदल्न सक्दथ्यो। यसको पृष्ठभूमिमा जन्म, विवाह, बसाइँसराइ तथा मृत्यु राज्यका औपचारिक निकायमा दर्ता गर्नुपर्दैनथ्यो। नाताप्रमाण गर्नुपर्दैनथ्यो। नागरिकता, राहदानी तथा परिचयपत्र बनाउनुपर्दैनथ्यो।

हाम्रा थरहरुको पृष्ठभूमि।।
समाजको गतिशीलता संगै दलित/गैर दलित दुबैका, बसेको स्थान तथा पेशागत आधारमा जात/थर निर्माण भएका हुन् । आचार्य, भण्डारी, कठायत लगायत दमाई, कामी, सार्कि लगायतका थरहरु पेशागत आधारमै निर्माण भएका हुन्। वर्ण व्यवस्था अपभ्रम्स हुँदै, जात र जातिय व्यवस्था निर्माण भएका हुन् । जातिय व्यवस्था निर्माण हुँदाको बखत उच्च र निच्च वनाइएका हैनन् । समाजको आवस्यकता बमोजिम श्रमबिभाजन गरिएको थियो । समय अन्तरालमा निजि श्रोतामा आसमान पहुँच भएपछि स्तर निर्मांण भए, र शोषण सुरुभयो।

व्यवसायी शिल्पी समुदाय।।
शिल्पी अवधारणा आत्मसम्मान र स्वाभिमानी छ। दलित अवधारणा अपमान जनक भएकाले शिल्पी जाती भनेर सहानुभूति जनाउन प्रयोग गरिएको अवधारणा हैन। सीप, कला, कौशल, तकनिकी ज्ञान भएकै कारण शिल्पी भनिएको हुँदा गैरदलित समुदायले समेत योग्यता पुग्दा स्विकार्नु पर्ने अवधारणा हो यो।

अपमान, अन्याय र शोषण शक्ति र सत्ताको उन्मादले अख्तियार दुरुपयोग गरेर लादिएको अवधारणा हो। निरंकुशता, सर्वसत्तावादी सोचबाट लादिएको अन्यायपूर्ण अवधारणा सुन्न र जान्दा साथ त्याग्ने बिषय हो, छुवाछुत अभ्यास

बिडम्बना चाहिँ फेरि के छ भने, युरोप पट्टिबाट आएको अवधारणा Professionals व्यवसायी भन्दा र भनिंदा आत्मसम्मान हुने तर शिल्पी भन्दा र भनिंदा आत्मग्लानी हुन्छ भन्नू; प्रथमतः अल्पज्ञान हो र द्वितीयत: ज्ञानमापनको बाहिय मापक धारण गर्नु हो । दलित अवधारणाको उच्चारण संगै पराधिनता, शोषण, असमानता, विभेद संगसंगै जोडिएर आउँछ। निसंदेह तथाकथित दलित समुदायले ज्यादै ठूलो अन्याय, अपमान, शोषण, घृणा, निषेध तथा बहिस्कार बेहोरेकै हो। अपमान, अन्याय र शोषण शक्ति र सत्ताको उन्मादले अख्तियार दुरुपयोग गरेर लादिएको अवधारणा हो। निरंकुशता, सर्वसत्तावादी सोचबाट लादिएको अन्यायपूर्ण अवधारणा सुन्न र जान्दा साथ त्याग्ने बिषय हो, छुवाछुत अभ्यास।हिजोआज भुमण्डलिकरण, लोकतान्त्रिक, बैज्ञानिक उदारीकरणको समयमा त यतिधेरै समस्या र कुरितीहरु छन्, उबेलाको अवस्था सहजै अनुमान लगाउन सकिन्छ। उबेलाका शिल्पि समुदायलाई व्यवस्थापन गर्नसकेको भए नेपाल देश युरोप भन्दा पहिला औद्योगिकरणमा प्रवेश गर्थ्यो र हामी सम्पन्न देशका सुखि नागरिक भएर जन्मन्थ्यौ। आज दलित र गैर दलित भन्ने विषयमा यसरी बहस गर्नु पर्दैनथ्यो। राजनिती, आर्थिक तथा शिक्षामा पहुँच हुने दलित व्यक्ति लाई उदाहरणको रुपमा लिनेहो भने उ समान अस्तित्वमा छ। अझ राज्यको सकारात्मक विभेदको नीति अन्तरगत अधिकार र अवसरहरुमा राज्यद्वारा संरक्षकत्व गरिएको स्थितिमा छन्। त्यसकारण जाती तथा जनजातीगत बिभिदता समस्या/झमेला हैनन्, अवसर/सम्भावना हुन्। घृणा/निशेध समाधानको पद्धति हैनन्, समन्वयत्मकता/सहृदयता निर्विकल्प पद्धति हुन।

जातिय बिभेदको दीर्घकालीन समाधान।।
समस्या उजागर गर्न धेरै अग्रसर हुन्छन्। समस्या उजागर गर्ने थुप्रै सिद्धान्त तथा अवधारणा पनि छन् तर समस्याको सर्वस्विकार्य समाधान सहृदय दर्शनमा छ। यो समन्वयात्मक, समावेशी, प्रेम तथा सद्भावमा आधारित छ।

अनुसंधान उधमशिलता तथा व्यक्तित्व विकास गर्दै समाज, राष्ट्र तथा सारा चराचर जगतको कल्याण गर्दै वशुधैव कुटुम्बकम ठान्ने लक्ष्य राखेको जरोकिलो महाअभियान लाई समयमै चिनौं,

राज्यराष्ट्र अवधारणा तथा सिद्धान्तले नागरिक अधिकार र साँस्कृतिक अधिकारको गोलमोटोल अभ्यासलाई पृथकिकरण गरि, नागरिक अधिकार व्यक्तिमा र साँस्कृतिक अधिकार समुदायको दायरामा राखेर सबैको आत्मसम्मान र स्वतन्त्रताको रक्षा गर्दछ। स्थिती गत्यात्मक प्रगतिवाद अवधारणाले गतिशीलताका नाममा आफ्नो उत्पक्ती तथा उद्भव संग बिच्छिन्न नभई तथा परम्परा तथा इतिहासमा जे छ आजको बदलिएको परिस्थितिमा पनि त्यही हुनुपर्छ भनेर लिंडे ढिपी गरेर सङ्किर्णतामा नरमाई, उद्गम, उत्पक्ती तथा ऐतिहासिकतामा अविछिन्न रहि, आवस्यकता बमोजिम विश्वसमाजका राम्रा तथ्यहरुको प्रयोगिक अनुसंधानबिधिद्वारा आत्मसात गर्दै नित्यनविन बन्ने प्रेरणा दिन्छ। अनुसंधान उधमशिलता तथा व्यक्तित्व विकास गर्दै समाज, राष्ट्र तथा सारा चराचर जगतको कल्याण गर्दै वशुधैव कुटुम्बकम ठान्ने लक्ष्य राखेको जरोकिलो महाअभियान लाई समयमै चिनौं, पहिल्याउँ, ऐक्यबद्ध तथा समाहित भएर सहयात्रामा स्वकृयात्मक अग्रसर बनौं।
निष्कर्ष।। ‘‘यानि अस्माकं सुचरितानि, तानि त्वयो उपास्यानि, नो इतराणि |’’ (तैतिरीय उप.१.११.२)
भावार्थ: हामीमा जुन राम्राराम्रा आचरण छन् त्यसैको अनुसरण गरौँ, अरु होइन ।

(लेखक : सरस्वती बहुमुखी क्याम्पस,  लेखनाथ मार्ग, ठमेल काठमाण्डौका प्राध्यापक हुनुहुन्छ )

Comments

ताजा खबर