कावासोती । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरकोनवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । मृत्यु हुनेमा २०वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामीरहेको मल्लले जानकारी दिए ।
पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।
पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्यमजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…