बुटवल , असोज १९ । प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न नेकपा ससंदीय दलको बैठक बस्दैछ। बैठकले सांसदहरुलाई विपक्षमा भोट नगर्नका लागि लागि ह्विप लगाउने तयारी गरेको छ।
बिहान ७ बजेका लागि बैठक बोलाईएको भए पनि सांसदहरु आउने क्रम जारी रहेकाले केही ढिलो गरी बैठक बस्ने नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनका अनुसार सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका विषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो। बैठकमा नाम र राजधानीका विषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्न एक सांसदले बताए।
केही सांसदहरुले राजधानी दाङ सार्ने निर्णयको खुलेर विरोध गरिरहेका छन्। आफ्नै सांसदहरु विपक्षमा हुदा समस्या हुने भएपछि संसदीय दलले कडाइ गर्न लागेको हो। आइतबार मुख्यमन्त्री शंकर पोखरेलमाथि आक्रमणसमेत भएको थियो।
नेकपाको केन्द्रबाट भएको निर्णय र आफ्नै साखका लागि पनि उक्त प्रस्तावलाई पारित गर्ने तयारीमा सत्तापक्ष छ। उक्त प्रदेशमा नेकपाको मात्रै पनि दुई तिहाइ छ। तर सबै सांसदले मतदानमा भाग नलिएमा समस्या पर्ने देखेपछि संसदीय दलको बैठक राखेर मतदान अघि छलफल गर्न लागिएको हो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…