सन्ताेष गहतराज , पाल्पा , असोज १९ । पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न ९ का कृषकहरूलाई उन्नत जातकाे तरकारीका बीउ वितरणकाे साथै एक दिने प्रशिक्षण तालिम पनि सम्पन्न भएकाे छ ।
वडाबाट बिनियाेजित १ लाख रूपैया बजेटबाट उक्त कार्यक्रम सम्पन्न भएको कृषि प्राविधिक निशा मरासिनी बताउनु भयाे । मरासिनीका अनुसार वडा भित्रका १९ वटा कृषि समूह हरुलाई उन्नत जातकाे काउली, बन्दा, प्याज,खुर्सानी,किटनासक अाैषधी,छाप लगाएतका बिरुवा साथै एक दिने तालिम पनि सञ्चालन गरिएको बताउनु भयाे । कार्यक्रमकाे प्रमुख अतिथि वडा न ९ का वडा सदस्य पिताम्बर गाहाले अहिले बग्नासकाली गाउँपालिकाले कृषिमा केन्द्रीत गरेर कार्यक्रम ल्याएकाे बताउदै कृषकहरूलाई धेरै भन्दा धेरै उत्पादन लिन पनि अार्गह गर्नु भयाे । साथै उत्कृष्ट कृषकलाई १० हजार पुरस्कार दिने पनि निर्णय भएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…