अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण २ जनामा पुष्टि

२०७७, १२ जेष्ठ सोमबार २१:३६

पाल्पा । अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि भएसंगै अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । अर्घाखाँची जिल्लाबाट प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएका १७८ नमुना मध्ये १७१ जनाको कोरोना परिक्षण भएको प्रादेशिक जनस्वास्थ प्रयोगशाला प्रदेश ५ ले जनाएको छ । परिक्षण भएका नमुना मध्ये १६९ जनाको नेगेटिभ र २ जनाको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । बाकी ७ जनाको भने परिक्षण हुन बाकी रहेको जनस्वास्थ प्रयोगशालाले जानकारी दिएको छ ।
संक्रमितहरु पाणिनी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ब्यक्ति भएको बुझिएको छ । यो सँगै अर्घाखाँचीमा त्रास बढेको छ ।

Comments

ताजा खबर