डि प्राेक्स लघुवित्त सस्थाद्वारा क्वारेन्टाइनमा रहेका नागरिकहरूलाई खाधान्न हस्तान्तरण ।

२०७७, ११ जेष्ठ आईतवार १९:४५

सन्ताेष गहतराज , पाल्पा ।  डिप्राेक्स लघुवित्त सस्थाले तानसेन नगरपालिका भित्रका क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई अत्यावश्यक खाधान्न वितरण गरेकाे छ ।

सस्थाले अहिले काेराेनाकाे संक्रमण फैलिए सँगै मानिसहरू भारत लगाएतका ठाउँहरूबाट क्वारेन्टाइन बसेकाे र उनिहरूलाई दैनिक जीवन यापन गर्न केही सहयाेग पुगाेस भनी खाधान्न हस्तान्तरण गरेकाे जनाएको छ । कार्यबाहक वडा अध्यक्ष गणेश थापाका अनुसार जिरा मसिनाे चामल २५ केजी (१५ बाेरा),चिनी ५ के जी ,अलहर दाल १० केजी,चिया पत्ती १ केजी र नुहाउने साबुन १५ पिस बितरण गरेकाे बताउनु भयाे ।

Comments

ताजा खबर