झापामा करोना संक्रमितको संख्या २७ पुग्यो

२०७७, ८ जेष्ठ बिहीबार ०७:५०

ज्ञानेन्द्र निरौला,बिर्तामोड, झापा ।
झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । हिजो राति परिक्षण नतिजामा झापा कचनकवलका थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको सुचना डेस्कले दिएको जानकारी अनुसार प्रदेश प्रयोगशालाबाट राति ११ बजे आएको परिक्षणको नतिजामा झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो १० जना पनि झापा कचनकवलकै स्थानीयहरु रहेको बताइएको छ । योसंगै कचनकवलमा मात्रै संक्रमितहरुको संख्या २५ पुगेको छ । यस अघि दमक र बाह्रदशीमा एक एक जना पुष्टी भएका संक्रमितहरु निको भएर घर फिर्ता भइसकेका छन ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।
पछिल्लो अवस्था अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६पुगेको छ । जसमा उदयपुरमा ३३ जना, झापामा २७, धनकुटा ७, सुनसरी ३ तथा खोटाङ र भोजपुरमा १/१ जना रहेका छन ।

Comments

ताजा खबर