दक्षिण कोरियाको गोदाममा आगलागीमा परी ३६ जनाको मृत्यु ।

२०७७, १७ बैशाख बुधबार २०:३०

एजेन्सी । दक्षिण कोरियाको एक गोदाममा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको इचिवन शहरमा निर्माणाधीन अवस्थामा रहेको गोदाममा भएको आगलागीमा १० जना घाइते भएका छन् ।

आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरुले ५ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । सो गोदाममा ७८ जना कामदारहरु रहेको बुझिएको छ । यसैबीच प्रधानमन्त्री चुंग सिए क्युनले देशमा आपतकालीन घोषणा गर्नुभएको छ । आगलागीका कारण गोदाम पूर्ण रुपमा ध्वस्त भएको छ । घाइेतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु