करिब २ अर्ब १७ करोड रुपैयाँ कोरोना कोषमा जम्मा ।

२०७७, १६ बैशाख मंगलवार १६:३५

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सुरु गरिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु