सबै पालिकामा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली।

२०७७, १२ बैशाख शुक्रबार २०:२८

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले टोली परिचालित हुनेछन् । उनीहरुले कोराना शंकास्पद व्यक्ति र उनीहरुको निकट सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्नेछन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा ७८ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको छ । यी नमूना उदयपुरको चौदण्डीगढी र त्रियुगा नगरपालिकाका बिभिन्न ठाउँहरुमा संकलन गरिएको थियो ।

‘खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि उहाँहरु बसेको मस्जिद वरिपरि बसेका परिवारहरुबाट यो नमूना संकलन गरिएको छ’ डा. देवकोटाले भने, ‘अरु थप नमूना परीक्षण गर्ने योजना छ । त्यो अनुसार नमूना संकलन गरिरहेका छौं ।’उनले करिब १५ सय स्वाब नमूना संकलन गर्न प्रदेश २ का ८ वटै जिल्लामा स्वास्थ्यकर्मीहरुको टोली परिचालन पनि गरिएको जानकारी दिए ।

377
SHARES
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु