बाँझो जमिनमा खेती गर्ने कृषकलाई रैनादेवी छहरा गाउँपालिकाले अनुदान दिने ।

२०७७, १२ बैशाख शुक्रबार ०८:१५

सन्ताेष गहतराज , पाल्पा बैशाख १२, कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै रैनादेवी छहरा गाउँपालिकाले बर्षौ देखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी दुई हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।

यस्तै बाँझो जमिनमा अन्नबाली र तरकारी खेति गरेमा पालिकाले प्रतिरोपनी तिन हजार रुपैयाँ दिने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार काेरोनाको कारण मानिसहरु गाउँ गाउँमा आएकाले समेत खेतीमा प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको नीति लिएको अध्यक्ष कार्कीले  बताउनुभयो ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सुन्तला, तेजपात, अदुवा, कागती लगायको व्यवसायिक खेतीको प्रचुर संभावना रहेको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताउनुभयो । यि क्षेत्रमा समेत किसानको आर्कषण बढाउन सकेमा आयआर्जन सँगै आत्मनिर्भरतामा समेत अगाडि बढाउन सकिने खत्रीको भनाई छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु