उदयुपरमा काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ ।

२०७७, ९ बैशाख मंगलवार १४:१८

काठमाडौँ, ९ वैशाख । उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनालाई  धरान लगिएको छ । आइसोलेसनमा राखी उपचार गर्नका लागि धरान लगिएको प्रदेश नम्वर एक कोरोना सूचना केन्दका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । उनिहरुको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ ।

कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ । 

यसअघि ५ वैशाख गते पनि उदयपुरको भुल्केमै रहेको एक मस्जिदमा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यहाँ भारतबाट आएका भारतीयसँगै नेपाली गरी १६ जना बसेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु