रैनादेवीछहरामा अति विपन्न परिवारलाई राहत वितरण

२०७६, २२ चैत्र शनिबार १५:४३

सन्तोष गहतराज, २२ चैत्र, पाल्पा , पाल्पाको रैनादेवीछहरा गाउँपालिकाले अति विपन्न परिवारलाई राहत स्वरुप दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु वितरण गरेको छ । 

गाउँपालिकामा रहेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका एबम दैनिकी ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत बितरण गरेको हो । कोरोना भाइरसको प्रभावले आफ्नो दैनिकी चलाउन मुस्किल परेका परिवारलाई प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, र १ केजी नुन लगायतका खाद्यान्न वितरण गरेको गाउँपालिका कि उपाध्यक्ष चेत कुमारी थापा बतएकी छन । 

पहिलो चरणमा वडा नम्बर १ का ३५ , २ का ३५, ३ का ५०, ४ का ५०, ५ का ३०, ६ का ३५, ७ का ३० र ८ नम्बर वडा का ३५ गरि जम्मा ३००घरपरिवारलाई राहत वितरण गरिएको गाउपालिका का प्रबक्ता बिष्णु पोखरेलले जानकारी  दिए । लकडाउनको कारण ज्याला मजदुरी गर्न नपाएको समयमा गाउँपालिका ले खाद्यान्न बितरण गरेपछी  बिपन्न परिवारले राहतको महसुस गरेका छन ।

Comments

ताजा खबर