काठमाडौँ, असोज १८ । अनसनरत डा गोविन्द केसीको समर्थनमा टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले धर्ना दिएका छन्।
आइतबार अस्पताल परिसरमा चिकित्सकहरुले धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारलाई दबाब दिएका हुन्। चिकित्सकहरुले ‘डा केसीको माग पूरा गर’, ‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’, ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘हिजोको सम्झौता कता गयो?’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
डा केसीले १९औं अनसन सुरु गरेको आइतबार २१ दिन पुगेको छ। उनले गत भदौ २९ गते जुम्लाबाट अनसन सुरु गरेका थिए।डा केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ। उनका सहयोगी डा तोसिमा कार्कीका अनुसार उननाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।
कार्कीका अनुसार डा केसीलाई अक्सिजन चाहिने भएको छ र अक्सिजन सपोर्टमा राखिएको छ। डा केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्। सरकारले वार्ता प्रक्रिया अघि बढाएको छैन। गत बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका थिए।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…