कोरोनाको कारण लोकप्रिय जापानी हाँस्यकलाकार सिमुरा केनको निधन ।

२०७६, १७ चैत्र सोमबार ०८:१७

जापान , मार्च ३० , लोकप्रिय जापानी  हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । उनि  कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए ।

जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए । जापानि टेलिभिजनले जनाए अनुसार गए राती उनको निधन भएको हो ।

टोकियोमा शनिबार एकैदिन ६० आईतवार ६८ जना नयाँ कोरोना भाईरसको संक्रमित भएको पुष्टी गरेकोछ । आईतबार राती १० बजेसम्मको तथ्यांक्क अनुसार, जापानभर १६० जना नयाँ संक्रमितहरु थपिएका छन् ।

जापानी संचार माध्यमहरुले उल्लेख गरे अनुसार, हालसम्म जापान भित्रै संक्रमण देखिएका १८८४  जना र डाईयमन्ड क्रुजका यात्री ७१२ जना गरि जापानमा  हालसम्म,२५ सय ९६ जना कोरोनाका संक्रमितहरु देखिएका छन् ।यस्तै आईतबार थप एक जनाको निधन पनि भएको छ। यो संगै जापानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ जना पुगेको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु