साढे पाँच वर्षमा ७८ हजारमध्ये ६०० घरमात्र प्रबलीकरण

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेकाछन् अधिकांश ढुङ्गा माटोले बनेका घरधनी प्रबलीकरणबाट पुनःनिर्माण लाभग्राही सूचीमा जान चाहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकेन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले राससलाई जानकारी दिनुभयो भूकम्पपछिको सर्वेक्षण तथा पुनः छुट सर्वेक्षणसमेतबाट ७८ हजार ३३ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका थिए जसमध्येहालसम्म ६०० घरमात्र बनेको एकाइको तथ्याङ्क हाल ५९ घर प्रबलीकरण भइरहेका छन्

फोटो फाईल

प्रबलीकरण सूचीमा परेका अधिकांश घर नबनी पहिलो किस्ता लिएर बसेका छन्, अधिकांशले प्रबलीकरण बलियो नहुने महसुसगरेका छन्, प्रबलीकरण गर्न खर्चसमेत धेरै लाग्ने भएकाले धेरैको रोजाइ पुनःनिर्माणमै परेको हो, प्रबलीकरणबाट पुनःनिर्माणमा जानचाहनेको सूची सङ्कलनका लागि जिल्ला आयोजना कार्यालयलाई जिम्मेवारी दिइएको ”, उहाँले भन्नुभयो

भूकम्पले क्षति पुगी घरको निश्चित भाग मर्मत गर्नुपर्ने पीडितलाई सर्वेक्षणका क्रममा प्रबलीकरण लाभग्राही सूचीमा राखिएको थियो यस्ता लाभग्राही पुनःनिर्माण लाभग्राही सूचीमा समावेश हुन चाहेमा घर भत्काउनुअघिको तस्वीर बुझाउनुपर्ने

भूकम्पले आंशिक क्षति पुगेका संरचनालाई सम्बोधन गर्न प्रबलीकरणको व्यवस्था गरिएको थियो पुनःनिर्माण लाभग्राही सूचीमापरेकाले तीन किस्तामा भूकम्प प्रतिरोधी आवास निर्माणका लागि रु तीन लाख अनुदान पाउँछन् प्रबलीकरण लाभग्राही सूचीमा परेकालेभने दुई किस्तामा रु एक लाख अनुदान पाउने व्यवस्था

क्षति पुगेको घर वा भवनको भागको संरचनालाई चारैतिरबाट पिलरले ज्याकेटिङ गरी बलियो एवं भूकम्प प्रतिरोधी बनाउने विधिलाईप्रबलीकरण (रेक्ट्रोफिटिङ) भनिन्छ भूकम्पको साँढे पाँच वर्षमा ७८ हजार ३३ मध्ये ६०० मात्र घर प्रबलीकरण भएपछि पुनःनिर्माणसूचीमा बदल्न प्राधिकरण लागिपरेको हो

भूकम्पले क्षति पुगेका ऐतिहासिक महत्वका धरोहरलाई भने सरकारले प्रबलीकरण नै गर्ने नीति लिएको जुन संरचना भावी पुस्तालाईसमेत देखाउने उद्देश्यले प्रबलीकरण गर्ने नीति लिइएको एकाइका आयोजना निर्देशक सिंहले सुनाउनुभयो सिंहदरबारको मुख्य भवन, केशरमहल, बबरमहलस्थित महालेखा परीक्षकको कार्यालय सडक विभाग रहेको भवन, बाल मन्दिरलगायत ऐतिहासिक महत्वकासंरचना प्रबलीकरण भइरहेको

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago