होटल छाडेर तीतेपाती खेतीमा

किमाथाङ्का,सङ्खुवासभा खाँदबारी नगरपालिका का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती  खेतीतर्फ आकर्षित  हुनु भएको तीतेपाती  रोपौ एक लाख कमाऔँभन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका  उहाँले दुईवर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती  खेती शुरु गर्न थालेको जानकारी दिनुभयो काठमाडौँस्थित यमासोप्रा.लिमा  व्यावसायिक खेतीको तालिम लिनु भएका  मिनेषलेमिनेष तीतेपाती  तथा जडीबुटी उद्योगनामक फर्मदर्ता गरी रू १८हजारको बिरुवा लगाउनुभएको थियो

फोटो फाईल

अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया भल्गरिस जातका तीतेपाती  लगाइएको  भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५हजार  तिर्दै आएको उहाँले जानकारी दिनुभयो बारीबाटै  प्रतिगोटा रू  एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने   प्रतिकेजी रू ५०का दरले सुकेको तीतेपाती  यमासो कम्पनीमै पठाउने गरेको बताउनुभएका  निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती  माग गरिरहेपनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिनुभयो

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगकोउपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ। उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उहाँले रू ३०हजार  डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिनुभयो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago