Categories: समाचार

गाउले ले नै बनाइदिए क्वारेन्टाइ

गोविन्द लामिछाने ,गैंडाकोट नगरपालिकाको वडा न २ स्थित एस.पि.एम.टोल बिकास क्षेत्र भित्र रहेको एस.पि.एम. कलेजमा गैंडाकोट नगरस्तरीय क्वारेन्टाइन बनेको छ । गैंडाकोट नगरपालिका ,एस.पि.एम . कलेज र टोल बिकास संस्थाको छलफलमा सबैको सहमति र समन्वयमा क्वारेन्टाइन बनाएको क्वारेन्टाइन ब्यबस्थापन उपसमिति संयोजक यदुनाथ सापकोटाले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकामा घरभएका कामका सिलसिलामा बिदेशमा रहेका तर कोरोनाको घर फर्किएका र फर्कन चाहने आफ्ना नागरिकलाई उनिहरु र समाज सुरक्षित राख्न क्वारेन्टाइन आबस्यक भएको वडा अध्यक्ष धुर्बराम पौडेलले जानकारी दिनुभयो ।गैंडाकोट नगरपालिकाको अन्य स्थानमा पनि क्वारेन्टाइन रहेकोे तर थप क्वारेन्टाइनको आबस्यक रहेकोे भन्ने जानकारी अन्तर्गत सेवा मुलक संस्थामा सेवाको लागि नै अनुरोध भएको कारण समाजलाई जोखिममुक्त राखेर कलेज प्रयोग गर्न दिएको कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम हुने डरले स्थानीयले क्वारेन्टाइन बनाउन नदिइरहेको अबस्थामा यश क्षेत्रका जनता भने ३ दिन देखि क्वारेन्टाइन ब्यबस्थापनमा खटिएका थिए । कलेज सरसफाइ , डोरीघेरा लगाउने ,सुत्ने कोठा मिलाउने , खाट जुटाउने र बनाउने लगाएतका काममा गाउँले आफैं जिम्मा लिएर जिम्मा पूरा गरेको छ । क्वारेन्टाइन ब्यबस्थापन उपसमितिको संयोजक वडा सदस्य यदुनाथ सापकोटा रहेपनी अन्य ८ जना सदस्यमा टोलबिकास संस्था र स्थानीय महिला समुहका पदाधिकारी रहेका छन । हामी सबै सामाजिक प्राणी भएकोले समाज र जनताको असहजताबाट पन्छिनु नहुने हुँदा सबैले सहयोग गरेको टोल बिकास अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । यसबाट पर्न सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै आबस्यक साबधानी अपनाई क्वारेन्टाइन निर्माण गरिएको हुँदा स्थानीयलाई ससङ्कित नहुन र त्रासमुक्त रहन समेत सापकोटाले अनुरोध गर्नुभएको छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago