नवलपुर समाज जापान नागोयाको दोश्रो क्षेत्रिय अधिवेशन सम्पन्न , अध्यक्षमा कँडेल ।

२०७६, ४ फाल्गुन आईतवार १६:०२

नागोया , जापान । नवलपुर समाज जापान ,नागोया क्षेत्रिय समितिको दोश्रो अधिवेशन सनिवार नागोयामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा रोशन गुरुङ्ग , सचिव सशी सापकोटा , उप- सचिव  राजन भूषाल , कोषाध्यक्षमा सुलभ अधिकारी रहेका छन्। त्यसै गरी सदस्यहरुमा  रुद्रप्रसाद गैरे , पुजा सापकोटा ( काफ्ले ) , विपि खरेल , अनिता गुरुङ्ग , करुणचन्द्र भूषाल रहेका छन्। सल्लाहकार समितिमा निवर्तमान क्षेत्रिय अध्यक्ष अर्जुन  खरेल, सुरज काफ्ले , प्रकाश गौडेल चयन भएका छन्   

कार्यक्रममा प्रमुख अतिथि नवलपुर समाज  जापानका अध्यक्ष  सागर कँडेलले नवलपुर समाजले गरेका सामाजिक कार्यको चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ , जापान साखाका संस्थापक सदस्य एवं सल्लाहकार कविकिरण न्यौपाने , एनआरएनए जापानका कार्यसमिति सदस्य  बाबुराम खरेल , गल्कोट समाजका सल्लाहकार एवं व्यवशायी यम खत्री , नेसाजका पूर्व अध्यक्ष एवं एनआरएनएका सल्लाहकार विमल अधिकारी ,  नवलपुर समाजका उपाध्यक्ष  कृष्ण खरेल , समाजका नागोया सल्लाहकार एवं व्यवशायी सुरज काफ्ले , गोर्खा समाजका महेश अर्याल , नागोया स्थित जापनिज कलेजमा कार्यरत किरण तिवारी , लगाएतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नवलपुर समाज नागोया क्षेत्रिय अध्यक्ष अर्जुन खरेलको अध्यक्षता एवं समाजका क्षेत्रिय सल्लाहकार प्रकाश गौडेलले सञ्चालन गर्नु भएको थियो । 

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार सिपी पौडेल आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा  भएकाले सहभागीहरु बाट २१ हजार येन संकलन गरिएको थियो । उक्त रकम छिटै नेपाल पठाईने वताईएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु