बाग्लुङ समाज जापानले चैते दशै मेला तथा तेश्रो अधिबेशको बिषयमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

२०७६, २० माघ सोमबार १८:४४

जापान । बाग्लुङ समाज जापानले गर्नलागेको तेश्रो अधिबेश तथा चैते दशै मेलाको सन्दर्भमा आईतवार टोकियोमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न  भयको छ 

अप्रिल ३ देखी ५ तारिख सम्म गर्ने भनियतापनी  बिबिध कारणले गर्दा मे ३ तारिख आइतवारका लागी टोकियोको मेगुरो कुमिन सेन्टरमा कार्यक्रम गर्ने निर्णय भएको सचिब राजु केसिले जानकारी दिनुभयो । जापानमा संगठित बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधि  ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु ,कलाकार र अग्रज ब्यक्तित्वहरुसँग अन्तर्क्रिया गरिएको सचिव बिरोध चालिसेले बताउनुभयो । बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशै पर्वलाई प्रवाशमा  रहेर पनी चैते दशै भन्दा केही दिन पछी भएपनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएको प्रती एक्यबद्धता जनाउदै उपस्थित सबैले भब्य र सब्य बनाउनुपर्नेमा जोड दिएका थिए ।

 समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिती ,कोषाध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ ।  त्यस्तै गरी जापानमै पहिलो पटक हुन लागिरहेको दोहोरिगीत प्रतियोगिताका लागी लोक तथा दोहोरिगीत प्रतिष्ठान जापान शाखालाई प्रतियोगीता सम्पन्न गर्नकालागी  जिम्मेवारी दिंदै   शाखा अध्यक्ष सुर्य खड्कालाई साँकृतिक संयोजक तोकेको छ ।  सोही अवसरमा हुने समाजको तेश्रो अधिबेशनको लागी बेलुकाजी थापा संयोजक ,दीपक सुबेदी र डिपी कंडेल सदस्य रहेको निर्वाचन समिती पनी चयन गरिएको छ । कार्यक्रममा संरक्षकहरु महेश कुमार श्रेष्ठ, दीपक सुबेदी ,बेलुकाजी थापा ,डिपी कंडेल, सल्लाहकारहरु नर बहादुर थापा, राजन भारी, सबिता श्रेष्ठ ,बाबुराम सापकोटा र राज केसी लगायत बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो ।  

 

नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा  ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै  भब्य रुपमा गर्नलागिएको कार्यक्रममा जापानबाशि नेपालीको साथ मिल्नेमा बिश्वस्त रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।  अन्तर्क्रियाको सहजिकरण सचिब राजु केसीले गर्नुभएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु