प्रदेश नं १ का २७ सहित नेपालमा आज २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २४६ जनामा थप संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफींगमा प्रवक्ता डा जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार ८ हजार ८६१ वटा पीसीआर परीक्षण गरिदा २४६ वटा नतिजा पोजेटिभ आएको छ ।


मन्त्रालयले दिएको जानकारीमा प्रदेश नं १ मा आज मोरङमा १६ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । आज थप २७ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश १ मा संक्रमितको संख्या १ हजार १०९ पुगेको छ । जसमा ८५८ निको भएर घर फर्कदा २५१ जना उपचारको क्रममा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १११ जना अस्पतालबाट डिस्चार्ज हुँदा अहिले सम्म निको भएर घर फर्कनेको संख्या १४ हजार ६०३ पुगेको छ । जुन कुल संक्रमितको ७१.८ प्रतिशत रहेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा ५ हजार ६७२ जना आइसोलेशनमा रहेर उपचाररत रहँदा क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या १० हजार ९३४ रहेको समेत मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा आज थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । पर्साकी ६८ बर्षीय महिलाको आज निधन हुँदा नेपालमा कोरोनाका मृत्यु हुनेको संख्या ५७ पुगेको मन्त्रलायले पुष्टि गरेको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago