आज निर्जला एकादशी विषाक्त वायु हटाउन सक्ने तुलसीको दल राखिदै

पाल्पा । आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ । आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।
सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउँछन् । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए । तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ ।

तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago