माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गर्यो ।

 

सन्तोष गहतराज पाल्पा, बैशाख १९ , जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो । 

रासायनिक मल सहकारीमार्फत वितरण हुँदै आएको छ । गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका आठ वटा सहकारी संस्थाहरूमार्फत कृषकहरुलाई एउटै मूल्यमा सहज र व्यवस्थित तरीकाले मल वितरण गर्नका लागि अधिकतम मूल्य निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

बुधबार बसेको गाँउपालिका र रासायनिक मल विक्रि वितरणको कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालक एवं प्रतिनिधि सहितको बैठकले भौगोलिक आधारमा उपभोक्ताहरूलाई विक्रि गर्ने मूल्य निर्धारण गरेको थियो । बैंठकले वडा नं.१,२ र ३ मा युरिया प्रति बोरा ९ सय, फुटकर प्रति किलो २० मूल्य निर्धारण गरेको छ । त्यस्तै डिएपि प्रति बोरा २ हजार ४ सय, फुटकर प्रति किलो ५०, पोटास प्रति बोरा १ हजार ७ सय, फुटकर प्रति किलो ३५ रूपैयाँ निर्धारण गरिएको छ । वडा नं.४ का कृषकहरुका लागि युरिया प्रति बोरा ९ सय ५०, फुटकर प्रति किलो २१, डिएपि प्रति बोरा २ हजार ४ सय ५०, फुटकर प्रति किलो ५१, पोटास प्रति बोरा १ हजार ७ सय ५०, फुटकर प्रति किलो ३६ रहेको छ । वडा नं.७ का कृषकका लागि युरिया प्रति बोरा १ हजार, फुटकर प्रति किलो २२, डिएपि प्रति बोरा २० हजार ५ सय, फुटकर प्रति किलो ५२, पोटास प्रति बोरा १ हजार ८ सय, फुटकर प्रति किलो ३७ निर्धारण गरिएको छ । त्यस्तै वडा नं.८ मा युरिया प्रति बोरा १ हजार ५०, फुटकर प्रति किलो २३, डिएपि प्रति बोरा २ हजार ५ सय ५०,फुटकर प्रति किलो ५३,पोटास प्रति बोरा १ हजार ८ सय ५०, फुटकर प्रति किलो ३८ रूपैयाँ निर्धारण गरेको छ । मूल्यमा एकरुपता कायम भएसँगै कृषकहरु हर्षित भएका छन् । विगतमा मल, विउविजनहरु सहकारीमार्फत खरिद विक्री भए पनि टाठाबाठा व्यापारीहरुले सहकारीसँग मिलेर महंगो मूल्यमा विक्री गर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए । गाउँपालिकाले मूल्य निर्धारण गरेपछि भने कृषकहरुले चर्को मूल्यमा मल विउ खरिद गर्ने बाध्यता भने हट्ने गाउँपालिकाले विश्वास लिएक छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago