पाल्पा । तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन गरेको हो ।

तिनाउ गाउपालिका वडा नं. ३ मा १८ घरले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । प्रति घर ३ सय देखी १५ सय गोला च्याउ खेती गरेका छन् । अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा तिनाउमा च्याउ खेती गरेको बताउनुभयो

। वडा नं. ३ का प्रत्येक घरहरुमा च्याउको व्यवसायिक खेती सुरु हुन लागेको बताउदै, यो क्षेत्रको आर्थिक उपार्जनको मुख्य आधार नै च्याउ गराउन गाउपालिका लागि परेको बताउनुभयो । प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले किसानका समस्या समाधानका लागि गाउपालिकाले सहययोग गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई च्याउको वीमा, भुसुनाले पारेको समस्या समाधानमा गाउपालिकाको ध्यान गएको बताउनुभयो । 

वडा नं. ३ का वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेयले छितरिएर गरिएको व्यवसायलाई गाउपालिका तथा वडाले ठाउँको व्यवस्थापन गरी एकिकृत च्याउखेती  गर्नुपर्नेमा जोड दिनुभयो । तिनाउ च्याउ पकेट कार्यक्रम अन्र्तगत १८ घरहरुमा अहिले व्यवसायिक च्याउ खेती भईरहेको छ । सिजनमा प्रत्येक दिन १ लाख बरावरको च्याउ बुटवलमा विक्री हुदै आएको समूहले जनाएको छ । समूहकी अध्यक्ष नैना क्षेत्री, अगुवा कृषक दिलमाया रोकाय, टुकामाया थापा लगायतले विचौलियाको कारण विक्रीमा समस्या वेहोर्नु परेको बताए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago