सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर ३ जना घाइते

पाल्पा । सधैंको यात्रा जोखिम रहेको सिद्धार्थ राजमार्गकाे सिद्धबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते भएका छन् । तिनाउ गा.पा.- ३ सिद्धबाबा मन्दिर नजिकै पानी छहरामा सडक देखी माथीबाट ढुङ्गा खसी बुटवलबाट पाल्पा तर्फ आउदै गरेका व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबा मन्दिर नजिकै खसेको ढुङ्गा सहितको पहिरो, फाइल तस्बिर ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेकाे लु २ च ४१५१ नं. जीपमा सवार गरी आएका जिल्ला पाल्पा बगनासकाली गा. पा.- २ पोखराथोक बस्ने बर्ष ३२ को चुरामणि न्यौपाने, पैदल यात्री जिल्ला पाल्पा तिनाउ गा.पा.- २ दोभान बस्ने बर्ष ५३ को लक्ष्मण श्रेष्ठ र बर्ष ४५ की लक्ष्मी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुुभयो ।
निरीक्षक श्रेष्ठका अनुसार घाइतेकाे उपचारको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ ।
शनिबार मात्रै अविरल वर्षाका कारण पहिरो गई सडक समेत भासिएको छ । सडक नै भासिनेगरि पहिरो गएपछी साना सवारीसाधन एकतर्फी रुपमा संचालन गरिएको छ भने ठुला सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago