बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । घाइते सबैको भेरी अस्पतालमा उपचार भैरहेको छ ।