मिडिया म्यूजिकल मेला साथै साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा ।

टोक्यो । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो ।

सो साँस्कृतिक मेलामा नेपालवाट चर्चित गायिका तथा मोड्ल रितु थापा मगर शनिवार टाृकियो आईपुग्ने भएकी छिन । साथै जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,गायक चेतन घर्ती मगर लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ । गायक अमृत खाती,गायिका स्मृति गौतम भने प्राविधिक कारणले आउन नपाउने भएका छन् । मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो ।

media musical

 

नेपाली कला संस्कृतिलाई संरक्षण गर्दै उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक शान्त पहरीले बताउनु भयो । राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्यमा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago