टोकोयो , विश्वाश , जुलाई २८ । एनआरएनए नागोया क्षेत्रिय समितिको सातौं अधिवेशनले सर्वसहमतीका साथ समिति चयन गरेको छ । सहमतिमा समिति गठन गर्नका लागि निवर्तमान कार्य समिति , नागोयामा रहेका आईसिसि सदस्यहरु , एशिया प्यासिफिकका सहसंयोजक , निर्वाचन कमिटि एवं नागोयाका एनआरएनए अभियानकर्मिहरु को उल्लेखनिय भूमिका रहेको थियो।
अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो । रिक्त ७ सदस्य पछि मनोनित गर्नेगरि अधिवेशनले हालको लागि १२ सदस्यीय कार्यसमिति चयन गरेको हो। दुई बर्षे कार्यकाल सन् २०१९-२१ को लागि अधिवेशनले उप-संयोजकमा राम थापा र महिला उप-संयोजक सिता कोइरालालाई चयन गरेको छ । यसैगरि सचिबमा योमन देवान चुनिंदा सह-सचिबमा राम कुमार थापा सर्वसम्मत भएका हुन्। कोषाध्यक्ष गंगा घर्ति मगर र सह-कोषाध्यक्षमा यम बहादुर पाइजालाई चयन गरेको छ ।
जस अनुसार सदस्यमा रामकृष्ण अधिकारी, गोबिन्द प्रसाद कंडेल, दामोदर सापकोटा र मनोज बम मल्ल सर्वसम्मत रुपमा चयन भएको हो। भेलामा धेरैले जापानमा रहेको नेपाली राजदुतावास प्रति असन्तोष व्यक्त गरेका थिए। दुतावासले आवश्यक कामले फोन गर्दा फोन नउठाउने धेरैको गुनासो थियो। साथै नागोयामा भएको नेपाल फेस्टिवलको क्रममा राजदुत लगाएत राजदुतावास कर्मचारीहरुलाई नागोया आउदा यति धेरै खर्च गर्न नहुने आवाज उठेको थियो।
कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोख्रेल, एसिया प्यासिफिक निवर्तमान उप-संयोजक गोविन्द श्रेष्ठ, आईसिसि सदस्य दिनेश गुरुगं, केशर गिरी, डिलाराम खरेल , एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव बुद्धिराज घिमिरे, महिला संयोजक सविता श्रेष्ठ, सल्लाहकार सरोज कँडेल, पत्रकार महासंघ जापानका उपाध्यक्ष विनोदकुमार सापकोटा लगाएतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए।
कार्यकम एनआरएनए नागोयाका संयोजक दिपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम एशिया प्यासिफिकका सहसंयोजक पारश मणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…