जापान , अक्टोबर २६ विश्वास । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसर पारेर जापानको दुई ठूला शहरमा बृहत देउसीभैलो कार्यक्रमको तयारी पुरा भएको बताएको छ |
कलाकार अक्षय कोष स्थापना गर्ने उद्देश्यले प्रतिष्ठानले गर्न लागेको हो । देउसी भैलो कार्यक्रमका लागि नेपाल बाट प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्मा बिशेष अतिथिको रुपमा जापान अाई सकेको र कार्यक्रममा स्थानिय कलाकारहरुको , नेपाली पञ्चेबाजा बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशब पौडेलले जानकारी दिए ।
प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई शहर मा आउँदो अक्टोबर २७ तारिख आइतबार साँझ ५ बजे देखी नाना हाउस इथिनिक रेष्टुरेण्ट एण्ड बार फुकुओका र २८ तारिख सोमबार ५ बजेदेखी अजिवाई टोकियो रेष्टुरेण्ट टोकियोमा गर्ने कार्यक्रमको सबै कार्यक्रमको तयारी पुराभएको जानकारी दिदै यस देउसी भैलो कार्यक्रममा उपस्थित भैदिनुहुन जापानवासी नेपाली समुदाय, विभिन्न संघ संस्थाहरु, पत्रकार सबैलाई प्रतिष्ठानका अध्यक्ष सुर्य खड्काले अनुरोध गरेकाछन् ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…