सनराइजजेएन पाल्पा, ८ फागुन,
“नखेल्नु धेरै गुच्चा
भइन्छ हारी पुच्चा ….
…..भएर ज्ञानि मान्छे
सदैब बन्नु उच्चा ।।
यो पंक्ति साहित्यकार पुष्कर अथक रेग्मीको दशोैं कृत्रि बाल गजल संग्रह अनुरोध बाट लिइएको हो । अनुरोध शैलिमा बालबालिकाको मनोभावना बुझी सचित्र बहरबद्ध, बाल साहित्यमा नविनतम पद्धतिको प्रयोग गर्दै साहित्यकार रेग्मिको `अनुरोध´ एक कार्यक्रमका बिच काठमाडौंमा विमोचन भएको छ ।
साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पा द्वारा प्रकाशनमा बजारमा आएको कृती गोंगबु साहित्य समाज काठमाडौंको अयोजनामा बाल साहित्य समाज नेपालका अध्यक्ष डा. शैलेन्द्र प्रकाश नेपालले विमोचन गरेका हुन् । विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष डा. नेपालले अनुरोध शिर्षकको सचित्र बाल गजल संग्रहले बालबालिका लाई सन्देश मुलक आग्रह गरेको बताए । नेपाली साहित्यमा थुप्रै गजल सङ्ग्रह प्रकाशित भए पनि बालबालिका केन्द्रीत गजलहरु कमै मात्रामा प्रकाशित भएका छन । यो कृतिमा संविधानले दिएको बाल अधिकार पनि हराइसकेको कुरा साहित्य मार्फत बालबालिका लाइ सुझाएका छन भने अधिकारकर्मी लाई झस्काएका छन । बालबालिका लाई जिवनोपयोगी रुपमा सबै कुरा समोटिएकोले बाल साहित्यमा `अनुरोध´ प्रभाबकारी बन्ने ठानिएको छ । कार्यक्रममा गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य `श्रिङ्खला´ पनि विमोचन भएको छ ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…