Categories: समाचार

विपन्न बालबालिकाको सहयोगार्थ मोना जापानले मोना साझ को तयारी

टोक्यो जनवरी २१ । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच म्यग्देलिको प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिइाादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा (मोना साझ)कार्यक्रम गर्ने तयारी गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

‘साँझको तयारी भइरहेको छ,‘गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ उनले भने । मोना साँझको संयोजकत्वमा एशिया प्यासफिक सयोंजक ददिवल खड्कको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएने बताए ।

यता संयोजक खड्काले कार्यक्रम तय भएकाले कुनैपनि कार्यक्रमलाई सोही दिनमा नपारीदिन अनुरोध गदैं शिक्षा जस्तो अति आवश्यकताको दायरामा समेत नपुगेका बालबालिकालाई आफ्नो क्षमता अनुसार सहयोगको अपिल समेत गरेका छन्। मोना साँझको तयारीसंगै विभिन्न उपसमिति तयार गरिने मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । उनले जापनामा रहेका क्षत्रीय समिति सहित पहुँचमा रहेका म्याग्देली सहित नेपालीलाई विभिन्न माध्यमबाट निमनत्रणा गरिने बताए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago