जापानको मुख्य दुई सहरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाले देउसीभैलो कार्यक्रम गर्ने ।

अक्टोबर १४ जापान , विश्वास आचार्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको हिन्दू नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर जापानमा बृहत देउसीभैलो कार्यक्रम गर्ने भएको छ |

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशनपछि बनेको पछीको नयाँ कार्यसमितिले गर्न लागेको यो पहिलो कार्यक्रम हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापनार्थ गर्ने उद्देश्यले प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा यस कार्यक्रम आयोजना गर्न लागियको कार्यक्रम संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रबक्ता केशब पौडेलले जानकारी दिए ।  

प्रतिष्ठानको देउसी भैलो कार्यक्रम जापानको मुख्य दुई सहरमा आयोजना हुनेछ । अक्टोबर २७ आइतबार साझ ५ बजे देखी nana house ethnic restaurat & bar फुकुओकामा र २८ सोमबार ५ बजे देखी ajiwai tokyo restaurat  टोकियोमा हुनेछ । यस कार्यक्रम मा प्रतिष्ठान जापान शाखाको कलाकारहरुको संयुक्त तथा एकल प्रस्तुति रहने आयोजक ले जनाएको छ । यस देउसी भैलो कार्यक्रम उपस्थित भैईदिनु हुन नेपाली समुदाय , सस्थाहरु , पत्रकार सबैलाई प्रतिष्ठानका प्रबक्ता केशब पौडेलले अनुरोध गरेका छन् । 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago