Categories: समाचार

जापानको टोक्योमा रहेका मगरहरूले मनाए माघे संक्रान्ती पर्व ।

टोक्यो जनवरी १४ । सधैको दौडधुप रहने जापानको टोकियोमा गएको १३ तारिक आईतबार मौलिक संस्कृतिको धनि जनजातिहरु मध्येको एक मगरहरुले माघे संक्रान्ती पर्व भब्यताका साथ मनाएका छन । 

मगर पोषाक सहित सजिएका जापानमा रहेका मगरहरुले माघे संक्रान्ती कार्यक्रम भव्य रूपमा मनाएका हुन । जनजाति महासघं जापानका उपध्यक्ष पेम्बा शेर्पाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा तरुल, पिडालु, सेलरोटि लगायतका खानेकुरा खाई एकआपसमा शुभकामना आदन प्रदानगरी सम्पन्न भएको नेपाल मगर सघं जापानका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो । 

मगर संस्कार अनुसार मगर समुदयका अबिबाहित चेलिहरूलाई नगद सहित महँ , खीर र फलफ़ूल बिभिन्न परिकार खुवाई टिका, तथा खादा लगाई कार्यकममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा शेर्पा, नेपाल मगर सघ जापानका पुर्व अध्यक्ष ग़म जुगजाली ,थानू  राना, तमुधि जापानका अध्यक्ष अनिता गुरुङ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएतका अतिथिहरुले सम्मान गरेका थिए । 

कार्यक्रममा अतिथिहरुमा मातृसन्देश डटकम, सनराइजजेएन  डटकम,तामङ समाज जापान ,शेर्पा समाज जापान, थकाली सेवा समितिक जापान,हिकारी कर्पोरेशन जापान,मोना जापान,पुन क़्लव जापान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लगायतका  संस्थाहरू प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मंतव्य सदस्य रामहारी खपांगीले गर्नुभएको थियो भने संचालन सचिव सागर पुनले गर्नुभएको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago