Categories: समाचार

बाल अस्पताल खोल्दै डाक्टर भगवान कोइराला

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार  अस्पताल स्थापनामा जुटनु भयको छ । जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको हो। लगानी आह्वान नगर्दै अहिले झन्डै एक करोड संकलन भइसकेको डाक्टर कोइरालाले बताए।

उनको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सोमबार याक एन्ड यति होटलमा एक समारोहबीच बाल अस्पतालको अवधारणा सार्वजनिक गरेको हो।

‘नेपालमा बहुविशेषताको बाल रोग उपचारमा अस्पताल छैन, भएका अस्पतालमा तमाम उपचार सम्भव भएको छैन,’ डा. कोइरालाले भने, ‘यो अवधारणा कार्यान्वयन गर्नु मेरो चुनौती हो। यसमार्फत बाल उपचारमा क्रान्ति ल्याउन परेको छ।’

उनका अनुसार सुरूमा राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने छ। राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ।

राजधानीमा अस्पतालका लागि ४० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ। सो जग्गा सरकारबाट लिजमा लिने योजना छ।

यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए।

‘एक महिनाभित्र जग्गा उपलब्ध हुने गरी सरकारसँग कुरा राखेका छौं, प्रक्रियामा छ,’ डा. कोइरालाले भने, ‘हुन त यस्तो अस्पताल सरकारले नै निर्माण गर्नुपर्ने हो, तर कम्तीमा पन्ध्र वर्ष सरकारबाट यो सम्भव छैन।’

कोइरालाका अनुसार देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोग अपेक्षा गरिएको छ। जग्गाको टुंगो लागेपछि सहयोगका लागि आह्वान गरिने उनले बताए।

यस्तो अस्पताल साकार पार्न कम्तीमा दुई अर्ब रुपैयाँ आवश्यक पर्ने कोइरालाले बताए। कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। नेपालमा मातृ शिशु मृत्युदरको दर घट्न पनि सकेको छैन।

‘नेपालमा मातृ शिशु मृत्युदर घटाउने लक्ष्य हो भने, गुणस्तरीय र उपचारमा दक्षता ल्याउनु पनि उद्देश्य हो,’ कोइरालाले भने, ‘रिटायर्ड जीवनको पन्ध्र बीस वर्ष बालबालिकाको उपचारमा बिताउँछु।’

नेपालका अधिकांश बालबालिकामा जन्मेदेखि नै कुनै न कुनै स्वास्थ्य समस्या रहेको कोइराला बताउँछन्। अपांगता, मुटु रोग, क्यान्सरजस्ता रोगबाट सानै उमेरमा नियन्त्रण गर्न सके नेपालमा स्वस्थ जनसंख्या बढ्ने उनको भनाइ छ।

इन्स्टिच्युटमा बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत, उद्योगी भवानी राणा, दीपक सापकोटा, डा. ज्योतिन्द्र शर्मालगायतको सात सदस्यीय समिति छ। यसले विभिन्न व्यक्ति र संस्थासँग अस्पताल सञ्चालनको लागि परामर्श गरिरहेको छ।

 

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago