काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिँदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिएका छन् ।
संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यस“ग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रस“ग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने बताए ।
यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम आएका थिए । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिएका थिए ।आफूले दिएको समय सकनि एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाटकाँट नदेखेपछि पुनः सत्याग्रहकालागि उनी मंगलबार इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…