जापान प्रहरीले फेरि २ जना नेपाली पक्राउ गरेको छ

२०७६, १८ असार बुधबार १२:४३

नक्कली कागज पत्र पेश गरि सवारी चालक अनुमति पत्र लिएको अभियोगमा २ नेपालीलाइ जापान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार २८ बर्षीय प्रकाश अर्याल र ३५ बर्षीय गणेशप्रसाद अर्याल पक्राउ परेका हुन् । 

उनीहरुले नेपालको नक्कली लाइसेन्स बनाएर जापानको लाइसेन्स लिएको बताइएको छ । स्वदेशको लाइसेन्स भएको खण्डमा जापानको लाइसेन्स प्राप्तिको लागि लिइने परिक्षामा केहि छुट दिइने भएकाले नेपालीहरुले स्वदेशको नक्कली लाइसेन्स पेश गर्ने गरेको एन एच के टेलिभिजनले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु