काठमाडौं , २३ माघ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार देशका अधिकांश स्थानमा वर्ष हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । यस्तै उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना छ ।उनका अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ ।
याे हिउँदे वर्षा भएका कारण धेरै जाेखिम नहुने उनकाे भनाइ छ ।चट्याङ पनि पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।यता, नेपाल बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार पहाडी क्षेत्रका स–साना खोलाहरुमा पानीको आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ । हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले सचेत गराएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…