नवलपरासी समाज जापानको निरज बचाउ अभियान सन्चालन , सहयोगको सबैमा अपिल ।

२०७६, २५ बैशाख बुधबार १५:२१

टोकियो , मे ८ , विश्वाश आचार्य । नवलपरासी समाज जापानले बोन्म्यरो रोग बाट पीडित ११ बर्सिय बालक निरज गौडेल बचाउ अभियान जापानको बिभिन्न ठाउबाट सुरु गरिरहेको छ ।  

नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।

समाजले अहिले समाजका सल्लाकार यादब के शी को सक्रियतामा बोन्म्यरो  रोग बाट पीडित नवलपरासी कावासोती २ का ११ बर्सिय निरज गौडेल बचाउ अभियान चलिरहेकोछ । गौडेल यतिखेर भारत को यम्स अस्पताल उपचार गराउदै सहयोगको अपिल गरिरहेकाछन् । यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अभियानका संयोजक यादब के शी ले सबैलाई धन्यवाद व्यक्त गरेकाछन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रति पनि समाजले आभार व्यक्त गरेको छ ।

Comments

ताजा खबर