बन्दको प्रभाब : रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा वम विष्फोट

२०७६, ५ बैशाख बिहीबार १०:०६

 

बैशाख ५, पाल्पा, सनराइजजेएन/

रिब्दीकोट गाउँपालिका भवन परिसरमा बम विस्फोट भएको छ । विहिबार विहान २ बजेको समयमा गाउँपालिकाको भवनमा बम बिस्फोट भएको हो । बिस्फोटबाट कार्यालय परिसरमा रहेको प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा आंसिक क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्, कम्पुटरमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए |

कसले र किन पड्काएको हो भन्ने विषयमा भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ तथापि विप्लव समूहको नेकपाले नेपाल बन्द गरेकाले पनि विप्लव समूहले आतंकीत पार्न बम विष्फोट गराएको हुन सक्ने आंशक गरिएको छ | गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । बन्द को कारण फाट्टफुट्ट मोटरसाइकल चले पनि पाल्पाको तानसेन बाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् |

Comments

ताजा खबर