न्यूजिल्याण्डको मस्जिदमा अन्दाधुन्द गोली प्रहार, बंगलादेशी क्रिकेट खेलाडी सुरक्षित

२०७५, १ चैत्र शुक्रबार १०:२५

न्यूजिल्याण्ड, चैत १ । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले कयौं हताहत भएका छन् ।

शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर हमला भएको हो । हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन । केही सञ्चारमाध्यमले कम्तीमा २७ जनाको मृत्यु भएको जनाएका छन् ।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त हमला भएको हो । बंगलादेशी क्रिकेट खेलाडी सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रहरी अधिकारी माइक बुशका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ ।’ (एजेन्सी)

Comments

ताजा खबर