आज महाशिवरात्री धुमधाम का साथ मनाइदै

२०७५, २० फाल्गुन सोमबार ०९:२०

सनराइजजेएन, २० फागुन, भगवान शिवको पूजा, आराधना गरेर धुमधामका साथ महाशिवरात्री पर्व मनाईंदै छ । फागुन कृष्णँ चतुर्दशीका दिन यस पर्व मनाइने गरिन्छ । 

शवजीको उत्पत्ति यसै रात भएको किम्बदन्ती छ । यसै रातको नामबाट यस चाडको नाम शिवरात्री हुन गएको धार्मिक मान्यता छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये यो महत्वपूर्ण पर्व भएको पुराणँमा उल्लेख छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने र संहार गर्ने तत्वले गर्दा पत्र विहीन भइ जीर्ण भइरहेका रुख, बिरुवा, झार उनकै शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको अर्को जनबिश्वाशसमेत छ । यस पर्वका दिन उपवास गरेर रातभर जाग्राम बसे सर्वसिद्धि प्रप्ति भएर भई यमलोक जानु नपर्ने समेत धामिक विश्वास छ ।

शिवरात्रीलाई शिवको अति प्यारो दिनका रुपमा पनि लिने गरिन्छ । यस दिन सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गएर शिवको दर्शन गर्ने गर्छन् । यस दिन शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्छ । विशेषगरी काठमाडौंको पशुपतिनाथमा भक्तजनको ठूलो मेला लाग्छ । 

पाल्पाको प्रभास, बराङ्दी, मालुङ्गाको उत्तरवाहिनी क्षेत्र, रुपन्देही पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा मन्दिर, स्याङ्जाको छायाक्षेत्र लगाएतका शिवालय मन्दिरहरु सझावटका साथ भक्तजनको सहयोग का निम्ति विशेष तयारि गरिएको छ ।

Comments

ताजा खबर